काठमाडौं । सरकारले मनोहराको सुकुम्बासी बस्ती भत्काउन सुरु गरेको छ । साढे १० बजेबाट मनोहराको सुकुम्बासी बस्तीका घर टहरामा डोजर लागेको हो ।
नगर प्रहरी र नेपाल प्रहरीको टोली पुगेर बस्ती निरीक्षण गरेपछि घर टहरा भत्काउन थालिएको हो । अहिले पनि सुकुम्बासीमा बस्तीमा बस्दै आएकाहरू सामान निकालिरहेका छन् । सामान निकालिसकेको घरमा डोजरले भत्काउन सुरु गरेको छ । घर भत्काउन चार वटा डोजर तैनाथ छन् भने ठूलो संख्यामा नगर, नेपाली प्रहरी र सशस्त्र प्रहरी तैनाथ छन् ।
शनिबार स्थानीयले प्रवेश गर्न नदिएपछि बस्ती भत्काउन गएको प्रहरी फर्किएको थियो । स्थानीय र प्रहरीको झडप पनि भएको थियो । झडपमा केही प्रहरीहरू घाइते पनि भएका थिए ।