काठमाडौं । पूर्व गृहमन्त्री सुधन गुरुङको नबिल बैंकको डिटेल सीआइबीले नदिएको प्रस्ट पारेको छ ।
‘गृह मन्त्रीको नबिल बैंक डिटेल सीआइबी तथा केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुखले मिडियामा दिएको प्रमाण आयो’ भन्ने जस्ता भ्रामक सूचना विभिन्न सामाजिक सञ्जालमा पोष्ट गरी शेयर गरेको सम्बन्धमा ब्यूरोले आपत्ति जनाएको छ ।
केन्द्रीय अनुसन्धान ब्युरोबाट हालसम्म पुर्व गृहमन्त्री सुदन गुरुङको कुनै प्रकारको बैंक विवरण माग नगरिएको सीआइबीका प्रवक्ता शिवकुमार श्रेष्ठले बताएका छन ।
उनले सामाजिक संजालमा त्यस्ता भ्रामक तथा आधारहिन सूचना पोष्ट तथा शेयर गरी यस ब्यूरो तथा व्यूरो प्रमुख प्रति नकारात्मक सन्देश फैल्याउने कार्य नगर्न अनुरोध गरेका छन् । गैरकानूनी गतिविधि गरेको पाएमा विद्यतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ बमोजिम कारबाही हुने उनले बताएका छन् ।