काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयको इजीपी प्रणालीमा अनाधिकृत पहुँच पुर्याउने व्यक्ति पक्राउ परेका छन् । शुक्रबार काठमाडौंको शंखमुलबाट चपुर निर्माण सेवा प्रालिका सञ्चालक ३२ वर्षीय अमृत बोहरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो ।
ब्यूरोका अनुसार प्रणालीमा अनाधिकृत पहुँच पुर्याई विभिन्न ठेक्काहरूका विवरण हेरफेर गर्ने गरेका थिए । उनीहरूले ठेक्काहरूको आर्थिक प्रस्ताव खोल्नु भन्दा अगावै आर्थिक प्रस्तावको डकुमेन्ट परिवर्तन गर्ने गर्थे ।
ठेक्का प्रणालीमा अवरोध पुर्याएको भन्दै साइबर ब्यूरो भोटाहिटीमा उजुरी परेको थियो । विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा मुद्दा दर्ता भइ केही व्यक्तिहरूलाई पक्राउ गरिएको सीआइबीले जनाएको छ । गरी जम्मा दश जना शंकास्पद व्यक्तिहरुलाई प्रक्राउ गरी अनुसन्धान भइरहेको छ ।