अल्टिमेटम सकिएलगत्तै डोजर चल्ने त्रास, थापाथलीका केही सुकुमवासीले आफै भत्काउन थाले टहरा

काठमाडौं । सरकारले काठमाडौं महानगरसँगको समन्वयमा काठमाडौंका विभिन्न सुकुमवासी बस्ती भत्काउँदैछ । शुक्रबार (आज) साँझसम्म खाली गर्न चेतावनी दिएपछि अतिक्रमण गरेर बस्दै आएका केही सुकुमवासीहरु आफै घर टहरा भत्काउँदै खाली गरिरहेका छन् ।

केहीले भने अटेर गर्दै बसिरहेका छन् । शनिबार (भोलि) बिहान ७ बजेदेखि थापाथलीस्थित सुकुमवासी बस्तीमा सबैभन्दा पहिले डोजर चल्ने काठमाडौं महानगर प्रहरी स्रोतले जनाएको छ । 

स्रोतका अनुसार थापाथली सुकुमवासी बस्ती भएको ठाउँमा चलाउनका लागि ५ वटा डोजर तयारी अवस्थामा राखिएको छ ।

बस्ती भत्काउँदा हुनसक्ने सम्भावित घटनाबारे काठमाडौं प्रशासन र काठमाडौं महानगरले समन्वय गरेको बताइएको छ । 

सरकारले पहिलो चरणमा थापाथली, मनोहरा, सिनामंगल-गैरिगाउँ क्षेत्रमा डोजर लगाउँदैछ । 

Share News