काठमाडौं । नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी ऐनबहादुर महरले पाएका छन् ।
संसदीय दलका नेता रामबहादुर थापाले शुक्रबार (आज) महरलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् ।
वैशाख ११ गतेदेखि लागु हुने गरी मनोनीत गरेको पत्रमा उल्लेख छ ।
महर बझाङबाट निर्वाचित सांसद हुन् ।