पक्राउ परेका छैनन् शेखर गोल्छा

काठमाडौं । सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा शेखर गोल्छा पक्राउ परेको खबर आए पनि उनी पक्राउ नपरेको बताइएको छ । गोल्छाले आफू पक्राउ नपरेको जानकारी दिए । 

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत रहेका उनी पक्राउ परेका छैनन् । 

‘तपाईं अफिस आउन सक्नुहुन्छ, म अफिसमै छु, पक्राउ परेको छैन,’ गाेल्छाले भने । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख मनाेज केसीले पनि उनी पक्राउ नपरेको बताएका छन् । 
 

Share News