काठमाडौं । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय संयोजक महामहिम सुश्री लिला पिटर्स याहियाबीच बुधबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।
भेटका क्रममा आवासीय संयोजक याहियाले मन्त्री गौतमलाई कार्यकालको बधाई तथा शुभकामना व्यक्त गरे । सो अवसरमा मन्त्री गौतम र आवासीय संयोजकबीच संयुक्त राष्ट्रसंघको प्राविधिक तथा रणनीतिक सहकार्यमा नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने र थप सुदृढ बनाउने विषयमा गहन छलफल भएको थियो ।
साथै, नेपालको न्याय प्रणालीलाई जनमुखी बनाउँदै न्यायमा सर्वसाधारणको सहज पहुँच विस्तार गर्ने विषयमा समेत दुई पक्षबीच सार्थक कुराकानी भएको मन्त्रालयले जनाएको छ । भेटमा संयुक्त राष्ट्रसंघ मातहतका विभिन्न निकायका प्रमुखहरूको समेत उपस्थिति रहेको थियो ।