काठमाडौं । सिप्रदी ट्रेडिङमार्फत नेपालको आधिकारिक वितरक रहेको टाटा मोटर्सले ‘स्विच टु टियागो ईभी’ नामक विशेष एक्सचेन्ज योजना सार्वजनिक गरेको छ । यस अभियानअन्तर्गत ग्राहकहरूले पुरानो बाइक वा स्कुटर साटेर नयाँ टाटा टियागो ईभी खरिद गर्न सक्नेछन् ।
कम्पनीका अनुसार यो क्याम्पेन आगामी अप्रिल १७, १८, १९ र २०, २०२६ मा देशभर सञ्चालन हुनेछ । अभियानअन्तर्गत जुनसुकै ब्रान्डका बाइक वा स्कुटर प्रयोगकर्ताले आफ्नो सवारी एक्सचेन्ज गरी आकर्षक सुविधासहित टियागो ईभी खरिद गर्न सक्नेछन् ।
यस अफरमा ग्राहकहरूले ४ लाख ९९ हजार रुपैयाँ डाउनपेमेन्टमै टियागो ईभी आफ्नो बनाउन सक्नेछन् । योजनाअन्तर्गत पुराना दुईपाङ्ग्रे सवारीको उत्कृष्ट मूल्याङ्कन, आकर्षक नगद छुट, निःशुल्क एक्सेसरिज तथा एक वर्षको सवारी कर छुट जस्ता विशेष सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
त्यसैगरी ग्राहकहरूले सिप्रदी नेटवर्कमार्फत आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ र निःशुल्क होम चार्जिङ इन्स्टलेसन सुविधा पनि प्राप्त गर्नेछन् । साथै एक जना भाग्यशाली ग्राहकले आईफोन १७ प्रो म्याक्स जित्ने अवसर समेत पाउने कम्पनीले जनाएको छ ।
सुरक्षित, आरामदायी र आधुनिक प्रविधियुक्त विद्युतीय कार प्रयोग गर्न चाहने ग्राहकका लागि यो योजना प्रभावकारी हुने कम्पनीको विश्वास छ । इच्छुक ग्राहकहरूले देशभर रहेका टाटा मोटर्सका आधिकारिक शोरुममा पुगेर तोकिएको अवधिभित्र अफरको लाभ लिन सक्नेछन् ।