निर्यात प्रवद्र्धनमा उद्योग वाणिज्य महासंघले धेरै काम गर्न सक्छ-बासुदेव गौतम

<p>नेपाल उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य पदमा एशोसिएटतर्फबाट उम्मेदवारी दिनुभएको छ ओम निटिङ इन्डस्ट्रीज प्रालिका प्रबन्ध निर्देशक बासुदेव प्रसाद गौतमले । सानै उमेरदेखि आयात व्यापारमा लाग्नुभएका गौतमले पछिल्लो समय उत्पादन र निर्यात व्यापारमा आफूलाई स्थापित गर्नुभएको छ । निजी क्षेत्रको छाता संगठन महासंघको कार्यसमितिमा उहाँ किन जान चाहानुहुन्छ ? उहाँको अजेण्डा के छन् ? चुनावी [&hellip;]</p>

नेपाल उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य पदमा एशोसिएटतर्फबाट उम्मेदवारी दिनुभएको छ ओम निटिङ इन्डस्ट्रीज प्रालिका प्रबन्ध निर्देशक बासुदेव प्रसाद गौतमले । सानै उमेरदेखि आयात व्यापारमा लाग्नुभएका गौतमले पछिल्लो समय उत्पादन र निर्यात व्यापारमा आफूलाई स्थापित गर्नुभएको छ । निजी क्षेत्रको छाता संगठन महासंघको कार्यसमितिमा उहाँ किन जान चाहानुहुन्छ ? उहाँको अजेण्डा के छन् ? चुनावी रणनीति के छन् ? प्रस्तुत छ गौतमसँग विकासन्यूजले गरेको चुनावी वार्ता ।

बासुदेव प्रसाद गौतम, एशोसिएट सदस्य उम्मेदवार, नेपाल उद्योग वाणिज्य महासंघ

तपाईको व्यवसायिक पृष्ठभूमि के हो ?

म साभ्रान्त परिवारमा जम्मिएको हुँ । तर सौतनी मामिलाको विवादले मेरो बुबा सडकमा पग्नुभयो । त्यसैले म बच्चापन देखि नै व्यवसायमा लागे । शुरुमा भारतबाट आयात व्यापार गरेँ । त्यसमा म सफल हुन सकिन । १० हजारबाट शुरु गरेको व्यापार शुन्यमा पुग्यो । फेरी आमासँग १८ सय रुपैयाँ लिएर न्यूरोडमा कस्मेटिक सामान, जिन्स प्रडक्ट, विद्युतीय सामानको व्यापार थालेँ ।

पछि एक जना पुराना साथीसँगको सहकार्यमा शुरुमा हस्तकला सामान व्यापार गर्यौ । त्यसमा हामी सफल भयौं । त्यसपछि मैले ओम निटिङ इन्डस्ट्र्रीज प्रालि खोलेका हुँ । जब हामीले कटन निट वयर बनाएर स्पेनमा निर्यात गर्न थाल्यौ तब यसको माग व्यापाक भयो । अडर लिन पनि नसक्नेगरी माग भयो । स्पेन, स्लोभागिए, जापान, जर्मनी, इटली, फ्रान्स, ब्रिटेन, नर्बे, डेनमाक लगायत देशमा व्यापक माग भयो । ओम निटिङ अहिले मदर कम्पनीको रुपमा रहेको छ । अरु सहायक कम्पनीहरु छन् र पछिल्लो समय मैले विभिन्न बैंक, इन्स्योरेन्स, जलविद्युत कम्पनीहरुमा सेयर लगानी विस्तार गरेको छु ।

महासंघको कार्यसमिति सदस्यमा चुनावमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ, तपाईका अजेण्डा के हुन् ?

म उद्योग र निर्यात व्यापारबाट अगाडि बढेको व्यवसायी हुँ । अर्थतन्त्रलाई बलियो बनाउन, राज्यको ढुकुटीमा सुन बढाउन, नेपाली मुद्रालाई बलियो बनाउन हामीले विदेशी मुद्रा आर्जन गर्नुपर्छ । विदेशी मुद्रा आर्जन गर्न निर्यात व्यापार बढाउनुपर्छ । कम तौल र सानो आकारका तर बढी मूल्यका गुणस्तरीय बस्तु निर्यात गरेर नेपालले बैदेशिक व्यापार घाटा कम गर्न सक्छ । त्यसबाहेक हामीले जलविद्युत निर्यात गरेर, विदेशी पर्यटन भित्र्याएर विदेशी मुद्रा आर्जन गर्न सक्छौं ।

विश्वको खेल मैदानमा प्रतिस्पर्धा गराउन र देशको पहिचाहन बनाउन सरकारले जसरी खेलाडीको लागि ठूलो लगानी गर्छ, खेलाडीलाई मैदान बनाईदिन्छ, खेल सामाग्री उपलब्ध गराउँछ, तालिममा खर्च गर्छ र विश्व खेल मैदानमा प्रतिस्पर्धामा सहभागी गराउँछ, त्यसरी नै निर्यात प्रवद्र्धनमा सरकारको सहयोग चाहिन्छ ।

नेपाली मुद्रा कमजोर भएकाले विदेशी बजारमा यसको रिकगनाईज भएको छैन । स्वतन्त्र र सार्वभौम सत्ता सम्पन्न मुलुक भईकन नेपाली मुद्रा तिरेर सुन किन्न सकिदैन । जब हाम्रो देशको ढुकुटीमा प्रयाप्त पहेँलो धातु (सुन) हुन्छ,  नेपाली बस्तुको माग विश्व बजारमा हुन्छ तब हाम्रो मुद्रा विश्व बजारमा स्वीकार्य हुन्छ । देश धनी हुन्छ । त्यसैले म निर्यातकर्ताको तर्फबाट महासंघमा जाने र निर्यात प्रवद्र्धन, विदेशी मुद्रा आर्जनमा सहयोग गर्ने नीति बनाउन सहयोग गर्ने उदेश्यले महासंघको प्लेटफर्म खोजेको हुँ ।

नीति निर्माणमा तपाईले दिने योगदान के हुन सक्छ ? कसरी निर्यात वृद्धि गर्न सकिन्छ ?

विश्वको खेल मैदानमा प्रतिस्पर्धा गराउन र देशको पहिचान बनाउन सरकारले जसरी खेलाडीको लागि ठूलो लगानी गर्छ, खेलाडीलाई मैदान बनाईदिन्छ, खेल सामाग्री उपलब्ध गराउँछ, तालिममा खर्च गर्छ र विश्व खेल मैदानमा प्रतिस्पर्धामा सहभागी गराउँछ, त्यसरी नै निर्यात प्रवद्र्धनमा सरकारको सहयोग चाहिन्छ । निर्यातजन्य उद्योगले रोजगारी सिर्जना गर्ने, राजश्वमा योगदान दिने, आर्थिक वृद्धिमा योगदान गर्ने मात्र होइन, यसले विदेशी मुद्रा आर्जन गर्छ, विश्व बजारमा नेपाल र नेपालीको पहिचाहन दिन्छ । त्यसैले निर्यातजन्य उद्योगको क्षमता विस्तार गर्न पूर्वाधार निर्माणमा सरकारले लगानी गर्नुपर्छ ।

विदेशमा उद्योग खोल्नको लागि सरकारले जमिन फ्रिमा दिन्छ । चीन सरकारले उद्योग लगाउन ५० प्रतिशत अनुदान दिन्छ । निर्यात क्षेत्रका उद्योगी, व्यापारी, व्यवस्थापक र श्रमिकको क्षमता विकासमा तालिम दिन्छ । निर्यात वृद्धि गर्ने उदेश्यले विदेशमा जाने व्यवसायीलाई विदेश भ्रमणमा लाग्ने खर्चको ठूलो हिस्सा सरकारले अनुदान दिन्छ, निर्यातकर्तालाई कुल निर्यातको १० देखि २० प्रतिशत अनुदान दिइन्छ । निर्यात वृद्धिमा चीन सरकारले आक्रामक लगानी गरेकै कारण आज विश्व बजारमा अमेरिकी डलरको एकाधिकार अन्त्य भएको छ । नेपाली उद्यमीलाई खोइ यस्तो सूविधा ? राज्यको सहयोग विना निजी क्षेत्रले अहिलेको विश्व बजारमा कसरी प्रतिस्पर्धा गर्न सक्छ ? नेपालले छिमेकी देशबाट सिक्नुपर्यो ।


कुल व्यापार घाटाको करिव ८५ प्रतिशत भारतसँग मात्र छ । कृषि उत्पादन वृद्धि गरेर भारतसँगको व्यापार घाटा कम गर्न सकिन्छ । नेपालले जडिबुटी, फलफूल उत्पादन वृद्धिसँगै प्रशोधन गरि निर्यात गर्दा त्यसबाट नेपालले उच्च मूल्य प्राप्त गर्न सक्छ । वातावरणीय विविधता नेपालको ठूलो स्ट्रेन्थ हो । सगरमाथा, लुम्बिनी, पशुपति नेपालको ठूलो स्ट्रेन्थ हो । सगरमाथा, लुम्बिनी, पशुपतिको नाम जोडेर हाम्रा बस्तु तथा सेवा ब्राण्डिङ गरेर उच्च मूल्यमा बिक्री गर्न सकिन्छ । लुम्बिनीको माटो निर्यात गरेर आम्दानी गर्न सक्छौं हामी । हिमाली क्षेत्रमा निकै भ्यालुएवल रुबी, स्टोनहरु छन् । मुस्ताङमा १३/१२ किलोमिटर पेरिफेरीमा यूरेनियम छ । पूर्वमा ग्यास/पेट्रोल छ । पश्चिमा सुन/चाँदी जस्ता अमूल्य धातु छन् ।

यी सबै बस्तुको प्रशोधन, उत्पादन, निर्यात गर्नको लागि सरकारको तर्फबाट उचित वातावरण बनाइनु पर्यो । त्यसको लागि महासंघले धेरै काम गर्न सक्छ । लबिङ गर्न सक्छ, एडभोकेसी गर्न सक्छ, प्रस्ताव गर्न सक्छ । सरकारलाई घचघच्याउने दाहित्व महासंघको हो । त्यो दाहित्व म निर्वाह गर्न चाहान्छु ।

सबै तन्त्रको मेरुदण्ड अर्थतन्त्र हो । बलियो अर्थतन्त्र बनाउन निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले निजी क्षेत्रको हितमा धेरै काम गर्न सक्छ ।

निर्यात व्यापारको सिलसिलामा मैले त ३०/३५ देश घुमेको छु । धनी देश पनि देखियो, गरिब देश पनि देखियो । धेरै किसिमको अनुभव हासिल गरियो । यो अनुभव महासंघ मार्फत नीति निर्माण तहसम्म सेयर गर्ने र उपयुक्त नीति बनाउन सहयोग गर्ने मेरो चाहाना हो ।

सबै तन्त्रको मेरुदण्ड अर्थतन्त्र हो । बलियो अर्थतन्त्र बनाउन निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले निजी क्षेत्रको हितमा धेरै काम गर्न सक्छ । निजी क्षेत्र, उद्योगी, व्यापारी भनेको यो यहि देशका सन्तान हुन् । उनीहरुले कमाउनु भनेको देशका सन्तान्तले कमाउनु हो । व्यवसायीले कमाएको पैसा बाहिर जाँदैन । फेरी लगानी हुन्छ, रोजगारी सिर्जना हुन्छ, सरकारलाई राजश्व तिर्छ । आर्थिक विकासमा सहयोग पुग्छ ।

चुनाव जित्नको लागि तपाईको तयारी कस्तो छ ?

महासंघमा सक्षम र प्रभावकारी नेतृत्व चयनमा मैले आफ्नो तर्फबाट पहिला पनि  र अहिले पनि सक्रिय भूमिका खेल्दै आएको छु । चण्डिराज ढकालको अगुवाईमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार शेखर गोल्छा धेरै राम्रो, सक्षम, समावेशी र बलियो टिम बनेको छ । चण्डिराज ढकाललाई म महासंघमा नेतृत्व जन्माउने इन्टप्रिनरको रुपमा लिन्छु । यहि टिमबाट अगाडि बढ्नु भएको चन्द्रप्रसाद ढकाले एशोसिएट उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ । यसमा मेरो पनि सक्रिय भूमिका थियो । निर्वाचनको तयारीको क्रममा एशोसिएटतर्फका सदस्यहरुसँग भेट्ने, अन्तरक्रिया गर्ने कार्य गर्दै आएको छु । विश्वास छ साथीहरुले मलाई मत दिएर विजय गराउनुहुनेछ ।

Share News