काठमाडौं । त्रिभुवन विमानस्थलबाट मोबाइल र ल्यापटपसहित एकजना पक्राउ परेका छन् ।
बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेन गेट बाहिरपट्टी शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा ३४ वर्षीय सञ्जीव खड्का पक्राउ परेका हुन् ।
उनले बाह्य मुलुकबाट नेपाल आएका यात्रुहरूलाई भन्सार छली गर्न लगाई सामान लिने गरेका थिए ।
विद्युतीय सामग्रीहरू अवैध रूपमा संकलन गरी लैजान लागेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
खड्का सर्लाही लालबन्दी नगरपालिका १ का हुन् ।