काठमाडौं । भन्सार छलेर काठमाडौं भित्र्याएको सुपारीसहित एक व्यक्ति पक्राउ परेका छन् ।
बिहीबार राति सीतापाइलास्थित सडकखण्डमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले सुपारीसहित २२ वर्षीय रामशरण बिसुन्केलाई नियन्त्रणमा लिएको हो ।
धादिङ, गल्छी गाउँपालिका २ का बिसुन्केले चलाएको बा प्र ०२-०२५ च ०३९७ नम्बरको गाडी चेकजाँच गर्ने क्रममा बिलबिजक बिनाका अन्दाजी चार लाख रुपैयाँ बराबरको ५० बोरा (१००० किलोग्राम) भन्सार छली सुपारी ल्याएका थिए ।
भन्सार छली ल्याएको सुपारीसहित उनलाई नियन्त्रणमा लिएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए ।
उनका अनुसार आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर, काठमाडौं पठाइएको छ ।