हत्या गरेर फरार रहेका मुसलमान १३ वर्षपछि पक्राउ

काठमाडौं । कपिलवस्तु प्रहरीले हत्या गरेर १३ वर्षसम्म फरार रहेका एक जनालाई पक्राउ गरेको छ । बुद्धभूमि नगरपालिका ५ मोहम्मदनगरका इरफान भन्ने क्यामुद्दिन मुसलमानलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले जानकारी दिएको छ ।

कपिलवस्तु जिल्ला अदालतको २०६९ चैत १६ गतेको फैसला अनुसार मुसलमानलाई २० वर्ष ९जन्मकैद० हुने ठहरी फैसला भएको थियो । अदालतको फैसलापश्चात मुसलमान फरार रहेका थिए ।

विशेष सूचना तथा निरन्तर खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय कपिलवस्तु तथा इलाका प्रहरी कार्यालय पकडी कपिलवस्तुको फैसला कार्यान्वयन टोली संयुक्त प्रहरी टोलीले मंगलबार मायादेवी गाउँपालिका १ को बर्रोहिया स्थितमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । 

कैद भुक्तानका लागि कारागार पठाइएको सूचना अधिकारी रिपेन्द्रकुमार सिंहले जानकारी दिए ।

Share News