होटल गरिमाले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

काठमाडौं । होटल गरिमाले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले १०० अंकित दरका ४० लाख कित्ताले हुन आउने ४० करोड रकम बराबरको आईपीओ जारी गर्न लागेको हो ।

यसका लागि कम्पनीले निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त गरेको छ ।

सम्झौतापत्रमा होटल गरिमाको तर्फवाट प्रबन्ध सञ्चालक विनोद पौडेल र लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका तर्फवाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजयलाल श्रेष्ठले हस्ताक्षर गरे । 

सोल्टी होटल एण्ड रिसोट समूहबाट ब्यवस्थापन गरिएको यस होटलमा एउटा रोयल सुइट, आठवटा सुइट, आठवटा एक्जेक्युटिभ रुम, ५८ वटा डिलक्स रुम छन् भने ७ वटा स्टुडियो रुम छन् । 

होटलमा दुई व्यांकेट, तीनवटा सेमिनार हल, ‘नुवाड थाई’ ब्रान्डबाट व्यवस्थापन गरिएको स्पा, जिम तथा रेष्टुरेण्ट क्याफे लाउन्ज लगायत विभिन्न सुविधा छन् । 

Share News