काठमाडौं । कुलमान घिसिङ संरक्षक रहेको नयाँ राजनीतिक दल ‘उज्यालो नेपाल पार्टी’ले बुधबार राजधानीमा आफ्नो औपचारिक घोषणा कार्यक्रम आयोजना गरी स्थापनाको घोषणापत्र सार्वजनिक गरेको छ ।
कार्यक्रममा पार्टीका संरक्षक घिसिङले उपस्थित सहभागीलाई सम्बोधन गर्दै पार्टीको उद्देश्य र प्राथमिकताबारे जानकारी गराएका छन् ।
पार्टीले सार्वजनिक गरेको घोषणापत्रमा संविधान संशोधनका लागि सात बुँदे एजेन्डा अघि सारिएको छ । यसमा विद्यमान राजनीतिक अस्थिरता अन्त्य गर्दै शासकीय संरचना र निर्वाचन प्रणालीमा आमूल परिवर्तन गर्नुपर्ने आवश्यकतालाई जोड दिइएको छ । संरक्षक घिसिङले भने, ‘हाम्रो प्राथमिक लक्ष्य सुशासन, सामाजिक न्याय र समृद्धि सुनिश्चित गर्नु हो ।’
उज्यालो नेपाल पार्टीले २०८२ सालको नवयुवा विद्रोहको सन्दर्भमा स्थापित भएको दाबी दल दाबी गरेको छ ।
पार्टीले नयाँ पुस्ता र नागरिकहरूको सक्रिय सहभागितामार्फत नेपालमा स्थायी राजनीतिक स्थिरता र जनमुखी शासन कायम गर्ने लक्ष्य राखेको जनाएको छ ।
पार्टी घोषणापत्रमा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, सामाजिक समानता र आर्थिक समृद्धि लगायतका क्षेत्रमा सुधार ल्याउने प्रतिबद्धता पनि समावेश गरिएको छ ।
घिसिङले आगामी दिनमा पार्टीले देशभर संगठन विस्तार गर्ने र जनसहभागिता बढाउने योजना रहेको पनि बताए।