काठमाडौं । अन्तरिम सरकारका ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको औपचारिक घोषणासभा प्रज्ञा भवन, कमलादीमा जारी छ ।
घिसिङसँगै घोषणासभामा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ र कलाकार रिमा विश्वकर्मा उपस्थिति छन् ।
सभामा देशभरका विभिन्न जिल्लाबाट आएका प्रतिनिधि, युवा नेता र स्वतन्त्र विचारधारा भएका राजनीतिकर्मीहरूले पनि सहभागिता जनाएका छन् ।
पार्टीकी केन्द्रीय सदस्य तथा कलाकार विश्वकर्माले सभामा बोल्दै नेकपा एमालेका अध्यक्ष केपी ओलीजस्तो गैरजिम्मेवार अभिव्यक्ति दिने नेता अब नचाहिने बताइन् ।
उनले वर्तमान राजनीतिक परिस्थितिलाई ध्यानमा राखेर देशलाई जिम्मेवार र समावेशी नेतृत्व आवश्यक भएको र उज्यालो नेपाल पार्टी यस प्रकारको पारदर्शी र जवाफदेही राजनीतिक विकल्प प्रस्तुत गर्ने उद्देश्यले अघि बढेको स्पष्ट पारेकी छन् ।