काठमाडौं । नबिल बैंकले आफ्नो जोरपाटी शाखा बौद्ध पिपलबोटमा रहेको आधुनिक व्यावसायिक भवनमा स्थानान्तरण गरेको छ । उक्त स्थानान्तरित शाखाको उद्घाटन बैंकका अध्यक्ष शम्भुप्रसाद पौड्यालले गरेका छन् ।

बैंकले स्थानान्तरित शाखाबाट ग्राहकहरुलाई बैंकिङ सेवा तथा सुविधाहरु अझ सहज र सरल रुपमा उपलब्ध गराउने उद्देश्य राखेको छ । बैंकको उक्त शाखामा पर्याप्त पार्किङको सुविधा रहेको छ । बैंकको सो शाखाबाट ग्राहकहरुले सम्पूर्ण बैंकिङ सुबिधाहरु प्राप्त गर्न सक्नेछन् ।
हाल बैंकले ५२ वटा शाखाहरुको बृहत संजाल, ९५ वटा एटिएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा सेवा प्रदान गर्दै आएको छ ।