आयातित बिजुलीको ५.५ प्रतिशत महँगो

<p>काठमाडौं । नेपाल–भारत विद्युत् आदानप्रदान समिति पावर एक्सचेन्ज कमिटी को बैठक बस्न नसक्दा भारतबाट आयातित बिजुलीको भाउ स्वतः बढेको छ ।     ढल्केबर–मुज्जफ्फरपुर अन्तरदेशीय र टनकपुरबाहेक अन्य १२ नाकाबाट आयात गरिएको बिजुलीको भाउ शनिबार अर्थात १ अप्रिलदेखि ५.५ प्रतिशत स्वत वृद्धि भएको हो । समितिले सन् २०११ अघि प्रत्येक वर्ष ८ प्रतिशत स्वतः वृद्धि हुने गरेकोमा [&hellip;]</p>

काठमाडौं । नेपाल–भारत विद्युत् आदानप्रदान समिति पावर एक्सचेन्ज कमिटी को बैठक बस्न नसक्दा भारतबाट आयातित बिजुलीको भाउ स्वतः बढेको छ ।     ढल्केबर–मुज्जफ्फरपुर अन्तरदेशीय र टनकपुरबाहेक अन्य १२ नाकाबाट आयात गरिएको बिजुलीको भाउ शनिबार अर्थात १ अप्रिलदेखि ५.५ प्रतिशत स्वत वृद्धि भएको हो ।

समितिले सन् २०११ अघि प्रत्येक वर्ष ८ प्रतिशत स्वतः वृद्धि हुने गरेकोमा ५.५ प्रतिशतमा झारिएको थियो । समितिको बैठकबाट बिजुलीको भाउ वृद्धिमा पुनरावलोकन नगरे प्रत्येक वर्ष ५.५ प्रतिशत वृद्धि हुने नेपाल र भारतबीचको सम्झौतामा उल्लेख छ ।

दुई दिनअघि भारतबाट थप विद्युत् आयात लगायतबारे छलफल गर्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नेतृत्वमा गएको टोलीले स्वतः बढ्ने बिजुलीको भाउ पुनरावलोकन गर्न आग्रह गरेको थियो तर १ अप्रिलदेखि स्वतः बढ्ने कारण भाउ बढेको विद्युत् प्राधिकरणका एक उच्च अधिकारीले जानकारी दिए । “एक्सचेन्ज समितिको बैठक नबसेकोले स्वतः बिजुलीको भाउ बढेको छ,”  उनले भने ।

विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले भने स्वतः बढ्ने व्यवस्था भए पनि भारत पुगेको टोलीले त्यहाँको केन्द्रीय विद्युत् प्राधिकरणसँग भाउ पुनरावलोकनका लागि अनुरोध गरिएको जानकारी दिए ।

नेपालले हाल टनकपुर र ढल्केबर– मुज्जफ्फरपुरबाहेक ११ केभीमार्फत ४, ३३ केभीमार्फत ६ र १३२ केभीमार्फत २ नाकाबाट नेपालले विद्युत् आयात गरिरहेको छ । हाल ११ केभी प्रसारणलाइनमार्फत भारतीय रुपैयाँ प्रति युनिट ६/५४ अर्थात १०/४६ पैसा नेपालीमा आयात गरिएकोमा वृद्धि भएर ११ रुपैयाँ २ पैसा पुगेको छ ।

त्यसैगरी  ३३ केभीमार्फत ६/०८ अर्थात ९/७२ पैसाबाट बढेर १०/२५ पैसा तथा १३२ केभीमार्फत ५/६२ अर्थात ८/९९ नेपाली रुपैयाँबाट बढेर ९.४७ पैसा पुगेको छ । शनिबार नेपालले भारतबाट ३ सय ८० मेगावाट विद्युत् आयात गरेकोमा ढल्केबर र टनकपुरबाहेक भाउ वृद्धि भएको नाकाबाट २ सय ७ मेगावाट विद्युत् आयात गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार, ढल्केबर– मुज्जफ्फरपुरबाट १ सय ३५ र टनकपुरबाट करिब ३८ मेगावाट विद्युत् आयात गरिरहेको छ ।

काराेबारबाट

Share News