नेपालमा नामीको हजार भन्दा बढी गाडी बिक्री, एमएडब्लू वृद्धिले मनायो उत्सव

काठमाडौं । नेपालमा इलेक्ट्रिक मोबिलिटीमा नयाँ माइलस्टोन पुगेको छ । एमएडब्लू वृद्धिले आफ्नो नामी ब्रान्डको १००० भन्दा बढी गाडी सडकमा पुगेको अवसरमा विशेष उत्सव मनाएको छ । यस अवसरले नामीलाई नेपालको सबैभन्दा छिटो बढ्दो प्रिमियम ईभी ह्याचब्याकको रूपमा स्थापित गरेको छ ।

एलिस रिसेप्सनमा सम्पन्न केक काट्ने कार्यक्रममा मिडिया, आगन्तुकहरू र एमएडब्लू वृद्धिको नेतृत्वको उपस्थिति रहेको थियो । कार्यक्रममा एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, प्रबन्ध निर्देशक विवेक सिकरिया, एमएडब्लू वृद्धि अटोकर्पका निर्देशक पार्थ सिकरिया र एमएडब्लू वृद्धि मोटर्सका सीईओ प्रशन्न पन्तसहित डिलर साझेदारहरूको पनि उल्लेखनीय उपस्थिति थियो ।

नामी ब्रान्ड नेपाली बजारमा करिब १४ महिना अघि, सन् २०२४ अगस्ट २२ मा प्रवेश गरेको हो । यो गाडीले पहिलो पटक नाडा अटो शो २०२४ मा ‘शो स्टपर’को रूपमा प्रदर्शित हुँदै ग्राहकहरूको ध्यान तानेको थियो ।

नामीले उपभोक्तालाई वेलकमिंग सीट, अटो पार्किंग, फ्रेमलेस डुअर, फ्लश ह्यान्डल जस्ता सेगमेन्टका फिचरहरूका साथै लेभल २ असिस्ट, वायरलेस चार्जिंग र भेन्टिलेटेड सीटजस्ता अत्याधुनिक प्रविधि उपलब्ध गराएको छ । गाडीले वास्तविक यात्रामा ३२० किलोमिटरभन्दा बढी रेन्ज दिन सक्ने भएकाले ग्राहकहरूमा अत्यन्त लोकप्रिय छ ।

कार्यक्रममा बोल्दै, एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु अग्रवालले भने, 'ग्राहकहरू नामीलाई मन पराउँछन् किनभने यसले प्रविधि, डिजाइन र उपयोगिताको उत्कृष्ट संयोजन गरेको छ । यसले आफ्नो सेगमेन्टमा उत्कृष्ट फिचर, लामो रेन्ज र अपेक्षाभन्दा बढी अनुभव प्रदान गर्छ ।'  

Share News