सुनचाँदीको मूल्य हालसम्मकै उच्च

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुन प्रतितोला दुई लाख ४० हजार ४०० रुपैयाँ र चाँदी प्रतितोला तीन हजार २२० रुपैयाँमा खरिदबिक्री हुनेछ ।

हिजो आइतबार सुन प्रतितोला दुई लाख ३८ हजार रुपैयाँ र चाँदी प्रतितोला तीन हजार एक सय २५ रुपैयाँमा किनबेच भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस चार हजार ७१ अमेरिकी डलर हाराहारी कारोबार भईरहेको छ ।  

Share News