काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध गलत प्रचार गरेको आरोपमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुवेदीविरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको छ।
'सुवेदीले विभिन्न सामाजिक सञ्जालमार्फत प्रचण्डको निवासमा घर जलाइने घटनाअघि दुई करोड रुपैयाँ दुई ट्रकमा लुकाइएको जस्ता पूर्णतया गलत र तथ्यहीन समाचार प्रचार गरिरहेका छन्,' उजुरीमा उल्लेख छ ।
झुटो सामग्री फैलाएर भ्रम सिर्जना गर्नुका साथै चरित्रहत्या समेत भएको उजुरीमा जनाइएको छ।
डिजिटल माध्यममार्फत गरिएका यस्ता गलत प्रचारप्रसार साइबर कानुनविपरीत भएकाले त्यसबारे आवश्यक अनुसन्धान गरी कानुनी कारबाहीको माग संयोजकको सचिवालयले गरेको छ ।
उजुरीमा सुवेदीले संयोजक दाहाल निवासबाट घर जलाइनुभन्दा दुई दिन पहिले नै दुईवटा ट्रकमा दुई करोड रुपैयाँ लगेर लुकाएको कुरा गलत र तथ्यहीन भएको उल्लेख छ ।