‘सुरक्षा थ्रेट’ बढाउँदै लुटिएका हतियार र भागेका कैदी

९ सयभन्दा बढी हतियार समाजमै

काठमाडौं । जेनजी आन्दोलनमा लुटिएका हतियार र जेलबाट भागेका कैदीहरुले सुरक्षा चुनौती थपेका छन् । सरकारले आगामी फागुन २१ गते निर्वाचन घोषणा गरेको बेला थप सुरक्षा चुनौती बढेको सुरक्षा अधिकारीहरुले बताएका छन् । 

गत भदौ २४ मा भएको जेनजी आन्दोलनका क्रममा देशभरबाट १ हजार २४७ हतियार लुटिएका थिए । यी हतियारमध्ये ३०३ वटा राइफलहरू हालै झापाको दमकमा फेला परेका छन् । तर, अझै पनि ९०० भन्दा बढी हतियार हराइरहेका छन । जसले सुरक्षा निकायको लागि गम्भीर चिन्ता उत्पन्न गरेको छ ।

प्रहरीका अनुसार अझै ९ सयभन्दा बढी हतियार हराएका छन् । यस घटनाले सुरक्षा गम्भीर असर पु¥याएको सुरक्षा अधिकारीहरुले बताएका छन् । 

यस्तै, देशभरका विभिन्न कारागारबाट १३ हजार ५५८ कैदी फरार भएकोमा अहिले सम्म ७ हजार ७३५ कैदी मात्रै फर्किएका र  पुनः पक्राउ परेका छन् । विभिन्न अभियोगमा कैद भुक्तान गरिरहेका ५ हजार ८२३ कैदिबन्दी अझै फरार छन् । 

केहीले स्वेच्छाले आत्मसमर्पण गरे भने केहीलाई सुरक्षा बलले पक्राउ गरेपनि यस घटनाले देशैभरि सुरक्षा चुनौती सिर्जना गरेको हो । 

आगामी निर्वाचन र दलहरुका सार्वजनिक गतिधिहरुमा यी घटनाहरूको प्रभाव गम्भीर हुन सक्छ । पूर्वडिआईजी अशोक श्रेष्ठले इन्सास, एसएलआर, जिएसजी र वेव्ली एण्ड स्कट ग्रेनेड लन्चर जता घातक हतियार समाजमा रहनु सुरक्षका लागि ठूलो चुनौती भएको बताएका छन् ।

विज्ञहरुले समयमा हतियार नियन्त्रण र फरार कैदीलाइ पक्राउ नगरे राजनीतिक गतिविधीमा कमी आउने र मतदानमा सर्वसाधारण सौहार्द वातावरण नभएर सहभागी नहुने चिन्ता व्यक्त गर्छन् । 

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले सुरक्षा समितिको बैठकमा यस बिषयमा व्यापक छलफल भएको बताएका छन् । उनले सौहार्द वातावरणमा निर्वाचन गर्न सरकार लागिपरेको बताए । 

यी हुन् लुटिएका हतियार

-INSAS 1B1 राइफल भारतीय डिजाइनमा आधारित, 5.56×45mm क्यालिबरको राइफल 

–SLR (सेल्फ लोडिङ राइफल): 7.62×51mm क्यालिबरको पुरानो डिजाइनको राइफल 

–303 राइफल ब्रिटिश डिजाइनको, 7.7mm क्यालिबरको राइफल

–GSG-522 कार्बाइन 22 क्यालिबरको सेमिअटोमेटिक कार्बाइन

 –Webley & Scott Schermuly 37mm ग्रेनेड लञ्चर– कम दूरीका लक्ष्यमा प्रहार गर्न प्रयोग हुने 

-Ishapore 1A1 राइफल भारतीय डिजाइनको, 7.62×51mm क्यालिबरको राइफल

–Lee-Enfield राइफल ब्रिटिश डिजाइनको, 7.62mm क्यालिबरको राइफल 

–पिस्तोल र ग्यास गनहरू– नजिकको दूरीका लागि प्रयोग हुने 

Share News