आज पहाडी भू-भागमा आंशिक बदली रहने, कोशीमा हल्का वर्षा

काठमाडौं । हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सबै प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया सफा रहनेछ । 

कोशी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ ।  आज राती देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । 

Share News