७५ करोडको लागतमा द्वारीखोला जलविद्युत् आयोजना सम्पन्न

<p>दैलेख। नौमुलेमा रहेको द्वारीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ । निर्माण सम्पन्न सो आयोजनाले परीक्षणका रुपमा विद्युत् उत्पादन समेत शुरु गरेको छ । सदरमुकामदेखि १७ किलोमिटरको दुरीमा रहेको द्वारीखोलाबाट ३.७५ मेगावाट विजुली उत्पादन शुरु भएको हो । द्वारीखोला आयोजनाको निर्माण कार्य तीन वर्षअघि शुरु गरिएको थियो । रु ७५ करोडको लागतमा सो आयोजना निर्माण [&hellip;]</p>

दैलेख। नौमुलेमा रहेको द्वारीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ । निर्माण सम्पन्न सो आयोजनाले परीक्षणका रुपमा विद्युत् उत्पादन समेत शुरु गरेको छ । सदरमुकामदेखि १७ किलोमिटरको दुरीमा रहेको द्वारीखोलाबाट ३.७५ मेगावाट विजुली उत्पादन शुरु भएको हो ।

द्वारीखोला आयोजनाको निर्माण कार्य तीन वर्षअघि शुरु गरिएको थियो । रु ७५ करोडको लागतमा सो आयोजना निर्माण सम्पन्न भएको आयोजनाका प्रमुख सौरभ अर्यालले जानकारी दिए ।

यस्तै ४.५ मेगावाट क्षमताको पादम खोला विद्युत् आयोजनाको निर्माण कार्य शुरु भएको छ । अवलपराजुलमा पाँच मेगावाट क्षमतको अर्को आयोजनाको निर्माण समेत शुरु गरिएको छ । रासस

Share News