सिटिजन्स बैंकको थप दुई एटिएम सेवा सञ्चालनमा

<p>काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले थप दुई एटिएम सेवा सञ्चालनमा ल्याएको छ । बैंकले बुधबारबाट ललितपुर स्थित ग्वार्को शाखा र महोत्तरीको बर्दिबास शाखाबाट ए.टि.एम सेवा सञ्चालनमा ल्याएको छ । बैकको उल्लेखित ए.टि.एम. सेवा विस्तार पछि कुल ए.टि.एम. को संख्या ५६ पुगेको छ । बैंकले आफ्नो ५८ वटा शाखाहरु र ९७ वटा शाखारहित आधुनिक बैकिङ्ग सेवाबाट करिब ३ [&hellip;]</p>

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले थप दुई एटिएम सेवा सञ्चालनमा ल्याएको छ । बैंकले बुधबारबाट ललितपुर स्थित ग्वार्को शाखा र महोत्तरीको बर्दिबास शाखाबाट ए.टि.एम सेवा सञ्चालनमा ल्याएको छ ।

बैकको उल्लेखित ए.टि.एम. सेवा विस्तार पछि कुल ए.टि.एम. को संख्या ५६ पुगेको छ । बैंकले आफ्नो ५८ वटा शाखाहरु र ९७ वटा शाखारहित आधुनिक बैकिङ्ग सेवाबाट करिब ३ लाख २७ हजार ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएकोे छ । हाल बैंकको उपत्यका भित्र २९ वटा तथा उपत्यका बाहिर २७ वटा ए.टि.एम. सेवा सञ्चालनमा रहेको छ ।

Share News