काठमाडौं । एनआईसी एशिया बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल बाल संगठन (बाल मन्दिर) मा आश्रित बालबालिकाहरुलाई सहयोग गरेको छ । बैंकले मासिक रुपमा उपलब्ध गराउदै आईरहेको दिउँसोको खाजा पुनः आगामी एक वर्षको लागि उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

बैंकले आफ्नो देश भरी फैलिएको ८९ वटा शाखा कार्यालयहरु मार्फत देशका विभिन्न स्थानहरुमा सामाजिक कार्यहरुमा सहयोग गरिदै आएको छ । साथै, बैंकले भविष्यमा पनि निरन्तर यसरी नै सामाजिक कार्यहरुमा सहयोग गरिरहने प्रतिबद्धता जनाएको छ ।
यस्ता कार्यक्रमहरुले अन्य संघ संस्था तथा व्यक्तिहरुलाई पनि सामाजिक उत्तरदायित्वको बोध गराउने र देश विकाशका कार्यहरुमा योगदान पुर्याउन प्रोत्साहन दिने विश्वास बैंकले लिएको छ ।