ओम डेभलपमेन्ट बैंकको नयाँ शाखा बौद्धमा

<p>काठमाडौं । ओम डेभलपमेन्ट बैंकले आफ्नो नयाँ शाखा बौद्धमा सञ्चालन गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले गरेका छन् । शाखा उद्घाटनको क्रममा बैंकका अध्यक्ष सुशिल कुमार गोशली र प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले मनास्लु विकास बैंकसँग मर्जरको लागि नेपाल राष्ट्र बैंकसँग संयुक्त कारोवार गर्न अन्तिम स्वीकृतीको लागि [&hellip;]</p>

काठमाडौं । ओम डेभलपमेन्ट बैंकले आफ्नो नयाँ शाखा बौद्धमा सञ्चालन गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले गरेका छन् ।

शाखा उद्घाटनको क्रममा बैंकका अध्यक्ष सुशिल कुमार गोशली र प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले मनास्लु विकास बैंकसँग मर्जरको लागि नेपाल राष्ट्र बैंकसँग संयुक्त कारोवार गर्न अन्तिम स्वीकृतीको लागि निवेदन पेश गर्ने पक्रियामा रहेको बताए । मर्जरपछि बैंकले १०ः३ अनुपातमा हकप्रद शेयर जारी गर्ने छ ।

बैंकले हाल ३१ वटा शाखाहरुबाट १ लाख २५ हजार ग्राहकहरुलाई सेवा प्रदान गरिराखेको छ ।

Share News