अमेरिकी करको मारले कोरियाली अर्थतन्त्र संकटमा

काठमाडौं । दक्षिण कोरियाको केन्द्रीय बैंकले अमेरिकी उच्च शुल्कका कारण व्यापार सम्झौता भए पनि ‘ठूलो’ आर्थिक धक्का पर्न सक्ने चेतावनी दिएको छ । बिहीबार जारी गरिएको रिपोर्टमा बैंकले प्रतिस्पर्धी निर्यातकर्ताभन्दा बढी दरमा शुल्क बढाइएकाले र उत्पादन–विशेष करमा उच्च जोखिम भएकाले यस्तो असर पर्ने जनाएको छ ।

‘वार्तामा तुलनात्मक रूपमा सफलता प्राप्त भए पनि अमेरिकाले हाम्रो देशमाथि लगाउने औसत शुल्क दर कोरिया-अमेरिका स्वतन्त्र व्यापार सम्झौताअन्तर्गतको शून्य शुल्कबाट बढेर करिब १५ प्रतिशत पुगेको छ,’ बैंक अफ कोरियाले भनेको छ ।

‘त्यसैले अमेरिकी बजारमा अत्यधिक निर्भर घरेलु अर्थतन्त्रका लागि ठूलो धक्का पर्नेछ,’ रिपोर्टमा उल्लेख छ ।

बैंकले अमेरिकी शुल्क नीतिको असर यस वर्ष आर्थिक वृद्धिदरमा ऋणात्मक ०.४५ प्रतिशत अंक र आगामी वर्ष ०.६ प्रतिशत अंक रहने अनुमान गरेको छ । यसअनुसार २०२५ मा वृद्धिदर ०.९५ र २०२६ मा १.६ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ ।

गत जुलाई अन्त्यतिर सोलले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग व्यापार सम्झौता गरेको थियो । उक्त सम्झौताअनुसार अमेरिकाले कोरियाबाट हुने आयातमा १५ प्रतिशत शुल्क लगाउने सहमति भयो, जुन पहिले धम्की दिइएको २५ प्रतिशतभन्दा कम भए पनि अघिल्लो १० प्रतिशत आधार दरभन्दा उच्च हो ।

बैंक अफ कोरियाका अनुसार ट्रम्पले अप्रिलमा दिएको पहिलेको धमकीसँग तुलना गर्दा दक्षिण कोरियालाई अमेरिकी प्रमुख ५० निर्यातकर्तामध्ये नवौं ठूलो शुल्क कटौती मिलेको हो ।

तर ट्रम्पको व्यापक शुल्क नीतिअघि भएको अवस्थासँग तुलना गर्दा जापान र युरोपियन युनियनलगायत आधाभन्दा बढी प्रमुख निर्यातकर्ताभन्दा कोरियाले अझै उच्च दरमा शुल्क वृद्धि भोग्नुपरेको छ ।

कोरिया-अमेरिका स्वतन्त्र व्यापार सम्झौता र अमेरिकी आयातित गाडी तथा फलाम–इस्पात उत्पादनमाथि लगाइएका भारी करका कारण दक्षिण कोरियाले बढी दरमा शुल्क वृद्धि सामना गर्नुपरेको बैंकले जनाएको छ ।

ट्रम्पको नोबेल सपना र अमेरिकाको आर्थिक यथार्थ
 

Share News