क्यासवेलाई मनि ट्रान्सफर सेवा सम्बन्धी कारोबार गर्न राष्ट्र बैंकको अनुमति

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले क्यासवे मनि ट्रान्सफर प्रा. लि. लाई मनि ट्रान्सफर सेवा सम्बन्धी कारोबार गर्ने अनुमति प्रदान गरेको छ । नेपालका प्रतिष्ठित उद्योगपति, व्यवसायी, बैंकर तथा रेमिट्यान्स विशेषज्ञहरुको प्रयासमा रेमिट्यान्स सेवालाई अझै सरल, सहज तथा अत्याधुनिक प्रविधिको प्रयोग गरि सेवा दिने उद्देश्यले कम्पनीको स्थापना भएको हो । जसले गर्दा अझै आउने दिनहरुमा बढी [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले क्यासवे मनि ट्रान्सफर प्रा. लि. लाई मनि ट्रान्सफर सेवा सम्बन्धी कारोबार गर्ने अनुमति प्रदान गरेको छ । नेपालका प्रतिष्ठित उद्योगपति, व्यवसायी, बैंकर तथा रेमिट्यान्स विशेषज्ञहरुको प्रयासमा रेमिट्यान्स सेवालाई अझै सरल, सहज तथा अत्याधुनिक प्रविधिको प्रयोग गरि सेवा दिने उद्देश्यले कम्पनीको स्थापना भएको हो । जसले गर्दा अझै आउने दिनहरुमा बढी मात्रामा नेपालभित्र बैंकिङ्ग माध्यमद्वारा रेमिट्यान्स भित्र्याउने कार्य सहज हुनेछ ।

“विश्वमा जहाँ जहाँ नेपाली, त्यँहा त्यहाँ क्यासवे मनि ट्रान्सफर” भन्ने मुल नाराका साथ कम्पनीले आफ्नो प्रारम्भिक कार्यहरु शुरुवात गरिसेकेको छ । पहिलो चरणमा कम्पनीले “जनरल रेमिट” को सेवा दिने कार्य गरिसके पछि दोस्रो चरणमा डिजिटल रेमिटको सेवा पनि शुरु गर्नेछ ।

Share News