काठमाडौं । नेपालको एक अग्रणी कम्पनी आइएमएस ग्रुपको सामाजिक उत्तरदायित्व पहल अन्तर्गतको कम्पनी डि.एम. फाउन्डेशनले बुढानिलकण्ठ स्कुलका पाँच उच्च माध्यमिक तहका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । विद्यार्थीहरुको शैक्षिक विकास तथा उनीहरुलाई जीवनमा सफल हुन हरेक सम्भव अवसरहरु प्रदान गर्न यो पहल गरिएको कम्पनीको भनाइ छ । कम्पनीको तर्फबाटबाट डि.एम्. फाउन्डेशनका निर्देशक जेनिसा दिकेश मल्होत्राद्वारा उक्त छात्रवृत्ति विद्यार्थीहरुमा हस्तान्तरण भएको थियो ।

समाजमा सकारात्मक प्रभाव पर्ने गरी केही फरक गर्ने भन्ने मूल उद्देश्य बोकेको डि.एम्. फाउन्डेशन सधैं नै हरेक जीवनहरुलाई सहज बनाई तथा मानव क्षमता बढाई एउटा उत्कृष्ट समुदायको निर्माण गर्न कार्यरत छ । कम्पनीका विगतका कार्यक्रमहरु जस्तै “शेयर ब्लड, शेयर लाइफ” रक्तदान कार्यक्रमबाट पनि यो कुरा प्रस्ट हुन गएको छ । यस छात्रवृत्ति कार्यक्रम मार्फत पनि कम्पनीले यस किसिमका अभियानहरु ल्याईरहने आफ्नो उत्साह जताएकोछ भने भविष्यमा पनि यस्ता कार्र्यक्रमहरु गरिरहने प्रतिबद्धता व्यक्त गरेको छ ।