भक्तपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार एक सरकारी कर्मचारीलाई पचास हजार रुपैयाँ घुस लिदालिदै पक्राउ गरेको छ । आइतबार भक्तपुरको सुर्यविनायकको गुठी संस्थान, शाखा कार्यालयमा छड्के गएको आयोगको टोलीले सेवाग्राहीसँग घुस लिँदालिँदै गरेको अवस्थामा सहायक प्रशासक तथा सूचना अधिकारी छत्र बहादुर पौडेललाई आयोगले पक्राउ गरेको हो।
गुठीको जग्गा नामसारी गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग विभिन्न बहानामा घुस लिएको गुठी उजुरी आएपछि आइतबार आयोग छड्के गएको थियो । घुस सहित पक्राउ पौडेलमाथि थप अनुसन्धान चलिरहेको आयोगले जनाएको छ ।