उच्च अदालतले भन्यो : राजु पाण्डेलाई नगर प्रहरी प्रमुखकै रुपमा काम गर्न दिनू

काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेलाई नगर प्रहरी प्रमुखकै रुपमा काम गर्न दिन आदेश दिएको छ ।

बुधबार न्यायाधिश ऋषिराज भण्डारी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले उनलाई महानगरको नगर प्रहरी प्रमुखको रुपमा काम गर्न दिन आदेश दिएको हो । 

निवेदनको टुङ्गो नलागेसम्म काम गर्न दिन अदालतको आदेश छ । यसअघि महानगरका प्रमुख प्रशाशीय अधिकृत सरोज गुरागाईंले उनलाई निलम्बन गरेका थिए । सो निर्णयविरुद्द पाण्डे अदालत पुगेका थिए । 

Share News