एयर इण्डिया जहाज दुर्घटना : १६९ भारतीय र ५३ जना ब्रिटिश, ५० जनाको शव निकालियो

काठमाडाैं । भारतमा बिहीबार दिउँसो एयर इण्डियाको जहाज दुर्घटना भएको छ । कुल २४२ जना यात्रु सवार जहाजमा मृत्यु हुनेको संख्या भने खुल्न सकेको छैन । भारतीय पत्रिका दैनिक भास्करका अनुसार दुर्घटनास्थलबाट ५० जनाको शव भने निकालिएको छ ।

एयर इन्डियाको उक्त जहाजले गुजरात राज्यको अहमदाबादस्थित सरदार वल्लभ भाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट आज दिउँसो १ः३८ बजे बेलायतका लागि उडान भरेको थियो । 

एअर इन्डियाले एक्समा दिएको पछिल्लो जानकारी अनुसार दुर्घटनाग्रस्त ७८७-८ विमानमा चालकदलका सदस्यसहित २४२ जना यात्रु रहेको र ती मध्ये १६९ जना भारतीय नागरिक, ५३ जना ब्रिटिश नागरिक, १ क्यानडेली नागरिक र ७ पोर्चुगलका नागरिक थिए ।

भारतीय सञ्चार माध्यमले जहाजमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रूपणी सवार रहेको उल्लेख गरेका छन् । 

Share News