टोयोटाको ३३ अर्ब डलरको ‘गेम चेन्जर’ सम्झौता

काठमाडौं । टोयोटा मोटरले फोर्कलिफ्ट निर्माता टोयोटा इन्डस्ट्रीजलाई ३३ अर्ब अमेरिकी डलरको सम्झौतामा निजीकरण गर्ने भएको छ । यो सम्झौता समूहभित्रको क्रस-सेयरहोल्डिङ प्रणाली (एउटै व्यावसायिक समूहभित्रका कम्पनीहरूले एक-अर्काको सेयर किनेर आपसी स्वामित्व बनाएको प्रणाली)  खोल्ने ऐतिहासिक कदम हो, जसले टोयोडा परिवारको प्रभाव अझ बलियो बनाउने अनुमान गरिएको छ ।

कम्पनीहरूका अनुसार निजीकरण भएपछि टोयोटा इन्डस्ट्रीजले दीर्घकालीन व्यापारिक रणनीति अपनाउन सक्नेछ । जापानी बहुराष्ट्रिय कम्पनीहरू एक-अर्कामा राखिएका लगानीलाई अन्त्य गर्ने सरकारी अभियान अन्तर्गत बढ्दो दबाबमा छन् ।

'यसले समूहभित्रको क्रस(सेयरहोल्डिङ केही हदसम्म सरलीकृत गर्छ,'मर्निङस्टारका वरिष्ठ विश्लेषक भिन्सेन्ट सनले भने, 'हामीलाई लाग्छ टोयोटा मोटरले भविष्यमा सम्भावित स्वचालित (लजिस्टिक्स) प्रविधि उपयोग गर्न टोयोटा इन्डस्ट्रीजमा लगानी गर्नु उचित निर्णय हो ।'

टोयोटा समूहको कुल अधिग्रहण लागत करिब ४.७ ट्रिलियन येन (३३ अर्ब डलर) हुने कम्पनीका प्रवक्ताले बताए । यसमा टोयोटा इन्डस्ट्रीजका सेयरहरू १६ हजार ३०० येन प्रतिशेयरको दरले किन्ने गरी २६ अर्ब डलरको टेन्डर अफर समावेश छ, जुन मंगलबार सम्झौता घोषणा हुनुअघि बन्द भएका १८ हजार ४०० येनको बजार मूल्यभन्दा निकै कम हो ।

सम्झौताका लागि नयाँ होल्डिङ कम्पनी स्थापना गरिनेछ । समूहको रियल इस्टेट कम्पनी टोयोटा फुडोसानले १८० अर्ब येन लगानी गर्नेछ, जबकि टोयोटा मोटरका अध्यक्ष अकीओ टोयोडाले १ अर्ब येन लगानी गर्नेछन् । टोयोटा मोटरले भोटिङ अधिकार नभएका प्राथमिक सेयरहरूमा ७०० अर्ब येन लगानी गर्नेछ ।

टोयोटा मोटर र समूहका अन्य कम्पनीहरू- ऐसिन, डेन्सो र टोयोटा त्सुशोले टोयोटा इन्डस्ट्रीजमा रहेका आफ्ना सेयरहरू बेच्नेछन् र टोयोटा इन्डस्ट्रीजले राखेका उनीहरूका सेयरहरू फिर्ता लिनेछन् ।

ुटोयोटा समूह मानिस, वस्तु, सूचना र ऊर्जा सर्नसक्ने माध्यममा केन्द्रित हुँदै मोबिलिटी कम्पनीमा रूपान्तरण हुँदैछ,' कम्पनीहरूले भनेका छन्, 'टोयोटा इन्डस्ट्रीजले वस्तुहरूको यातायातमा केन्द्रित रहनेछ ।'

यद्यपि यो सम्झौता अपेक्षित नै थियो, मूल्य केही चकित पार्ने खालको हुनसक्छ। सञ्चारमाध्यमहरूका अनुसार टेन्डर अफर करिब ४२ अर्ब डलर हुने अपेक्षा गरिएको थियो, जुन वास्तविक अफरभन्दा ६२ प्रतिशत बढी हो ।

टोयोटाले अप्रिलमा टोयोटा इन्डस्ट्रीजको सम्भावित बाइआउटमा सहभागी हुने विचार गरिरहेको बताएको थियो ।

गत सेप्टेम्बरसम्म टोयोटासँग टोयोटा इन्डस्ट्रीजको करिब २४ प्रतिशत स्वामित्व थियो, जबकि टोयोटा इन्डस्ट्रीजसँग विश्वको सबैभन्दा ठूलो अटोमोबाइल निर्माता टोयोटाको करिब ९ प्रतिशत र डेन्सोको ५ प्रतिशतभन्दा बढी सेयर थियो ।

त्यस्तै, भोल्क्सवागनले २०३० सम्म जर्मनीमा ३५ हजार जागिर कटौती गर्ने योजना अगाडि बढाइरहेको छ ।

टोयोटा इन्डस्ट्रीज जुन पहिला टोयोडा अटोमेटिक लूम वक्र्सको नामले चिनिन्थ्यो, १९२६ मा सकिची टोयोडाले स्वचालित चर्खा निर्माण गर्न स्थापना गरेका थिए । त्यस कम्पनीभित्रैको अटोमोटिभ डिभिजन पछि अलग भई टोयोटा मोटर बनेको थियो ।

मस्कले घोषणा गरेको टेस्लाको सस्तो ईभी परियोजना रद्द, कार्यकारी र लगानीकर्ता आक्रोशित

Share News