मस्कले घोषणा गरेको टेस्लाको सस्तो ईभी परियोजना रद्द, कार्यकारी र लगानीकर्ता आक्रोशित

काठमाडौं । टेस्लाले बहुप्रतीक्षित २५ हजार डलरको नयाँ इलेक्ट्रिक गाडी परियोजना रद्द गरिसकेको रिपोर्ट रोयटर्सले गत वर्ष सार्वजनिक गरेपछि टेस्लाका केही वरिष्ठ कार्यकारीहरू चकित भए । मस्कले उक्त विषयको खण्डन गरेका थिए । 

‘रोयटर्सले झुट बोलिरहेको छ’ मस्कले २०२४ अप्रिल ५ मा खबर सार्वजनिक भएपछि केही मिनेटमै एक्समा लेखेका थिए । यस बयानले टेस्लाको सेयर मूल्यमा आएको ६ प्रतिशत गिरावटलाई रोकिदियो । यद्यपि सेयरमा केही सुधार आयो, दिनको अन्त्यमा टेस्लाको स्टक ३.६ प्रतिशतले घटेको थियो ।

लगानीकर्ताहरूले उक्त गाडी कम्पनीको तीव्र बिक्री वृद्धिको प्रमुख कारण बन्ने अपेक्षा गरेका थिए ।

तर कार्यकारीहरूले भने त्यो गाडी (धेरै लगानीकर्ताहरूले मोडेल २ भनेर चिन्ने) वास्तवमै रद्द गरिएको थाहा पाइसकेका थिए । कम्पनीले आफ्ना कर्मचारीहरूलाई हप्तौंअघि नै परियोजना रद्द भएको जानकारी गराएको थियो ।

मस्कको पोस्टपछि केही वरिष्ठ प्रबन्धकहरूले उनलाई प्रश्नसमेत गरेका थिए । तर, केही अन्य कार्यकारीहरू भने मस्कको उक्त पोस्टप्रति चिन्तित थिएनन् । एक व्यक्तिले भनेअनुसार टेस्लाले आफ्नो उत्पादन योजना सधैं लचिलो राख्छ ताकि बजारको अवस्था अनुसार परिवर्तन गर्न सकियोस् ।

तर अहिले पुराना मोडेलहरूसँग जुधिरहेको र विश्वभर बिक्री घटिरहेको अवस्थामा पनि टेस्लाले अझै त्यो २५ हजार डलरको नयाँ इलेक्ट्रिक गाडी सार्वजनिक गरेको छैन । जसलाई लिएर मस्कले टेस्लाको भविष्यको लागि निर्णायक हुने बताएका थिए । उक्त मोडेल ३ ९४२ हजार ५००० भन्दा सस्तो हुने अपेक्षा गरिएको थियो ।

बुधबार मस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष सल्लाहकारको भूमिकाबाट राजीनामा दिएको घोषणा गरे र अब पुनस् टेस्ला, स्पेसएक्स, एक्सएआई, न्युरालिङ्क, र सामाजिक सञ्जाल एक्समा ध्यान केन्द्रित गर्ने बताए ।

मस्कको पोस्टको केही हप्तापछि टेस्लाले लगानीकर्तालाई अपडेट दिँदै अझै ‘नयाँ सस्तो गाडीहरू’ हालको उत्पादन लाइनमा नै बनाइने योजना जारी रहेको बताएको थियो ।

पहिले मस्कले योजनाअनुसारको २५ हजार डलरको गाडीलाई पूर्ण रूपमा नयाँ मोडेलको रूपमा घोषणा गरेका थिए जुन नयाँ प्लेटफर्ममा डिजाइन र निर्माण हुने जनाइएको थियो । यस परियोजनामार्फत मस्कले सस्तो इलेक्ट्रिक गाडी उत्पादनमा क्रान्तिकारी प्रविधि प्रयोग हुने बताएका थिए ।

तर अब टेस्ला ‘मोडेल ३’ र ‘मोडेल वाई’ का सस्ता संस्करणहरू बनाउने तयारीमा छ । ती मोडेलहरूको मूल्य हालसम्म सार्वजनिक गरिएको छैन र सन् २०२५ को पहिलो छ महिनामा आउने भनिए पनि ढिला भइसकेको छ ।

टेस्लाको अप्रिलको आम्दानी सम्मेलनमा इन्जिनियरिङ प्रमुख लार्स मोरावीले भनेका थिए, ‘यी सस्ता मोडेलहरू अहिलेको गाडीहरू जस्तै देखिनेछन् । मुख्य कुरा तिनीहरू सस्तो हुनेछन्- र तपाईंले किन्न सक्नुहुनेछ ।’

मस्कले रोयटर्सको रिपोर्ट अस्वीकार गरेपछि कार्यकारीहरूले उनलाई सोधेका थिए - ‘अब हामी यसबारे आपूर्तिकर्ता र लगानीकर्तालाई के भनौं?’ उनीहरू अन्योलमा परेका थिए ।

एक स्रोतका अनुसार टेस्लाले सस्तो ईभी बनाउनको लागि वर्षौं विभिन्न रणनीतिहरू विचार गर्दै आएको छ ।

टेस्लाका लगानीकर्ता ग्यारी ब्ल्याकले मस्कको बयानलाई पूर्ण अस्वीकारको रूपमा नलिएको बताए । मस्कका धेरै बयान छोटो, अस्पष्ट र भावनात्मक हुने गरेको उनको भनाइ छ ।

तर हालै ब्ल्याकले आफ्नो फन्डको टेस्लामा लगानी ९१।२ मिलियन डलर बराबर० फिर्ता लिएको बताएका छन् । 

मस्कको अस्वीकारले उनलाई नै समस्या

केही कार्यकारीहरूले भनेका छन् कि मस्कको अस्वीकारले उनलाई समस्यामा पार्न सक्छ, किनभने लगानीकर्तालाई भविष्यको उत्पादन लाइनबारे झुटो आश्वासन दिएको मानिन सक्थ्यो ।

सन् २०१८ मा मस्कले कम्पनी निजीकरण गर्ने भनाइमा निवेशकलाई भ्रममा पारेको आरोपमा ४० मिलियन डलर जरिवाना तिरेका थिए ।

धेरै लगानीकर्ताहरूले अब सस्तो २५ हजार डलरको टेस्लाको आशा त्यागिसकेका छन् । २०२४ मा टेस्लाले पहिलोपटक वार्षिक बिक्री गिरावट भोग्यो र २०२५ को पहिलो त्रैमासिकमा बिक्री १३ प्रतिशतले घट्यो । ट्रम्प प्रशासनमा मस्कको संलग्नताविरुद्धको प्रदर्शनले समेत टेस्लाको छवि बिगारेको छ ।

अप्रिलमा चिनियाँ कम्पनी बीवाईडीले पहिलोपटक युरोपमा टेस्लाको बिक्री पार गर्यो र सस्तो ईभी बजारमा नेतृत्व लिइरहेको छ । बीवाईडीको सीगल ह्याचब्याक गाडी चीनमा १० हजार डलरभन्दा सस्तोमा उपलब्ध छ र अन्य देशहरूमा पनि प्रतिस्पर्धी मूल्यमा बिक्री भइरहेको छ ।

चीनको दुर्लभ खनिज निर्यात प्रतिबन्धले कार उद्योग संकटमा, उत्पादन बन्द हुने चेतावनी
 

Share News