राजावादीले भोलि काठमाडौं बन्द गर्ने, आन्दोलन चर्काउने घोषणा

काठमाडौं । संयुक्त जनआन्दोलन समितिले सोमबार काठमाडौं उपत्यका बन्द गर्ने चेतावनी दिएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै समितिले सरकारले आफ्नो प्रदर्शनमाथि दमन गरेको भन्दै सोमबार काठमाडौं उपत्यका बन्द गरेर आन्दोलनको स्वरुप परिवतर्न गर्ने घोषणा गरेको हो । 

‘सरकारको बर्बर दमनको विरोध गर्दै हामी आन्दोलनको स्वरुप परिवर्तन गर्न बाध्य भएका छौं, यसै क्रममा जेठ १९ गते हामीले उपत्यका बन्दको घोषणा गरेका छौं, उपत्यका बन्दको क्रममा आफ्नो टोल र चोकमा बसी सक्रिय भूमिका निर्वाह गर्न आन्दोलनमा सहभागीमा आव्हान गर्दछु,’ समितिका संयोजक नवराज सुवेदीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

पछिल्लो समय राजसंस्था पुनस्थापनाको माग गर्दै राप्रपा, राप्रपा नेपाललगायत विभिन्न राजावादी दल र समूहले अनिश्चितकालीन आन्दोलन घोषणा गरेका छन् । अहिले राजावादीहरुले जेठ १५ देखि आन्दोलनका अनिश्चित कार्यक्रम निर्धारण गरेका छन् । आइतबार पनि उनीहरुले नक्साल–नारायणचौर क्षेत्रमा प्रदर्शन गरेका थिए । 
 

Share News