८९.४ प्रतिशत मात्र बजेट खर्च हुने अनुमान

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ मा कुल विनियोजनको ८९.४ प्रतिशत मात्र बजेट खर्च हुने अनुमान सरकारले गरेको छ ।

बिहीबार अर्थमन्त्रीले विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन् ।

सरकारले ल्याउन लागेको १८ खर्ब ६० अर्ब बराबरको बजेट अब १६ खर्ब ६२ अर्ब अर्थात् ८९.४ प्रतिशतमा खुम्चिने अनुमान सरकारले गरेको हो ।

चालु आवमा चालु खर्चतर्फ विनियोजनको ८८.५  अर्थात  पूँजीगत खर्च ८३.४ र वित्तीय व्यवस्थापनतर्फ ९७.६ खर्च हुने अनुमान रहेको छ । 

आव २०८१/८२ मा  राजश्व परिचालन १७. १ प्रतिशतले वृद्धि भई १२ खर्ब ६७ अर्ब ३९ करोड हुने अनुमान गरेको छ । 

Share News