शीतल निवासमा बजेट ब्रिफिङ, राष्ट्रपति र अर्थमन्त्रीबीच भेटवार्ता

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेललाई  उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को  बजेटका बारेमा ब्रिफिङ गरेका छन् ।

सरकारले संवैधानिक व्यवस्थाअनुसार यही जेठ १५ गते बिहिबार बजेट ल्याउँदै छ । सोही  बजेटका बारेमा  मन्त्री पौडेलले मंगलबार  राष्ट्रपति भवन शीतल निवास पुगेर ब्रिफिङ गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
 

Share News