काठमाडौं । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले सरकारलाई आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रमसम्बन्धी सुझावसहितको प्रतिवेदन बुझाएको छ ।
मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा समिति सभापति ठाकुरप्रसाद गैरेले रक्षामन्त्री मानवीर राईलाई उक्त प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।
प्रतिवेदनमा नेपाल सरकारको आगामी नीति तथा कार्यक्रममा ध्यान दिनुपर्ने मुख्य विषयवस्तुहरू, सुझावहरू तथा आवश्यक सुधारका बुँदाहरू समेटिएका छन् । समितिले सम्बन्धित विषयमा विस्तृत छलफल गरी नीति निर्माणमा सहयोग पुर्याउने उद्देश्यले प्रतिवेदन तयार पारेको हो ।