युवक हत्याको विरोधमा प्रदर्शन गर्दा प्रहरीसँग झडप, एक दर्जन बढी घाइते

<p>जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका-२३ स्थित बिन्धीमा १७ वर्षीय आशु यादवको हत्या विरोधमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप भएको छ। प्रदर्शनकारीहरूले जनकपुरधाम-भिठामोड सडकखण्ड अवरुद्ध गरेपछि प्रहरीको लाठीचार्जपछि झडप सुरु भएको हो । झडपका क्रममा एक दर्जनभन्दा बढी स्थानीय र केही प्रहरीसमेत घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले १५ राउण्ड अश्रुग्यास प्रहार गरेको छ । [&hellip;]</p>

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका-२३ स्थित बिन्धीमा १७ वर्षीय आशु यादवको हत्या विरोधमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप भएको छ। प्रदर्शनकारीहरूले जनकपुरधाम-भिठामोड सडकखण्ड अवरुद्ध गरेपछि प्रहरीको लाठीचार्जपछि झडप सुरु भएको हो ।

झडपका क्रममा एक दर्जनभन्दा बढी स्थानीय र केही प्रहरीसमेत घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले १५ राउण्ड अश्रुग्यास प्रहार गरेको छ । १५ दिनअघि होलीको दिन बिन्धीमा आशु यादवको चक्कु प्रहार गरी हत्या गरिएको थियो । यस घटनामा संलग्न एक युवक पक्राउ परे पनि अन्य ६ जना अझै फरार छन्, जसका कारण स्थानीय आन्दोलित भएका थिए ।

Share News