राजावादीहरू मुलुकलाई जबरजस्ती कब्जा गर्ने मानसिकतामा छन् : सांसद महत

<p>काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले राजावादीहरूको प्रदर्शनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई संवैधानिक राजा बन्ने योग्य नरहेको स्पष्ट पारेको बताएका छन् । आइतबार संघीय संसद परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महतले प्रदर्शनमा देखिएका अराजक गतिविधिहरूले पूर्वराजा शाहको निरङ्कुश राजा बन्ने चाहना स्पष्ट भएको उल्लेख गरे । उनले भने, &#8216;राजावादीहरूको प्रदर्शनबाट मुलुकलाई जबरजस्ती कब्जा गर्ने मानसिकता [&hellip;]</p>

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले राजावादीहरूको प्रदर्शनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई संवैधानिक राजा बन्ने योग्य नरहेको स्पष्ट पारेको बताएका छन् ।

आइतबार संघीय संसद परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महतले प्रदर्शनमा देखिएका अराजक गतिविधिहरूले पूर्वराजा शाहको निरङ्कुश राजा बन्ने चाहना स्पष्ट भएको उल्लेख गरे । उनले भने, ‘राजावादीहरूको प्रदर्शनबाट मुलुकलाई जबरजस्ती कब्जा गर्ने मानसिकता देखिएको छ, जसले जनताको भावनासँग कुनै सरोकार राख्दैन ।’

उनले थपे, ‘निजी सम्पत्तिमा क्षति पुर्याउने र उत्तेजना फैलाउनेलाई सरकारले प्रमाण र तथ्यका आधारमा कारबाही गर्नेछ । लोकतन्त्र नै सबैभन्दा उत्कृष्ट व्यवस्था हो, र यसको विकल्प अन्य कुनै व्यवस्था हुन सक्दैन ।’

Share News