घिसिङ र शाक्यको रिट हेर्न नमिल्नेमा

<p>काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति विवादमा निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेका रिट सर्वोच्च अदालतमा हेर्न नमिल्नेमा राखिएका छन् । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश शारङ्गा सुवेदीको इजलासमा दुवै जनाको रिटको पेशी तोकिएको थियो । आइतबारका लागि तोकिएको पेशी इजलासका कारण हेर्न नमिल्नेमा [&hellip;]</p>

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति विवादमा निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेका रिट सर्वोच्च अदालतमा हेर्न नमिल्नेमा राखिएका छन् ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश शारङ्गा सुवेदीको इजलासमा दुवै जनाको रिटको पेशी तोकिएको थियो । आइतबारका लागि तोकिएको पेशी इजलासका कारण हेर्न नमिल्नेमा राखिएको हो ।

दुवै जनाको रिटको पेशी सोमबारका लागि तोकिएको छ । घिसिङले आफूलाई विना कारण हटाइएको भन्दै सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए भने शाक्यले आफ्नो पदमा निरन्तर कायम राख्नुपर्ने र घिसिङलाई जिम्मेवारी दिन नहुने माग राख्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

Share News