राजावादी प्रदर्शनमा संलग्नलाई कानुनी दायरामा ल्याउन संसदीय समितिको निर्देशन

<p>काठमाडौं । तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा भएका घटनाहरूको सत्यतथ्य छानविन गरी संलग्नलाई कानूनी दायरामा ल्याउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । आइतबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले प्रदर्शनका क्रममा भएका हिंसात्मक गतिविधि, जनधनको क्षति र सुरक्षाकर्मीमाथि भएको आक्रमणबारे गम्भीर ध्यानाकर्षण गर्दै छानविन गरी दोषीलाई कारबाही गर्न [&hellip;]</p>

काठमाडौं । तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा भएका घटनाहरूको सत्यतथ्य छानविन गरी संलग्नलाई कानूनी दायरामा ल्याउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

आइतबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले प्रदर्शनका क्रममा भएका हिंसात्मक गतिविधि, जनधनको क्षति र सुरक्षाकर्मीमाथि भएको आक्रमणबारे गम्भीर ध्यानाकर्षण गर्दै छानविन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएको हो ।

समितिका सभापति अम्मरबहादुर थापाले घटनाबाट दुई नेपाली नागरिकको मृत्यु, सुरक्षाकर्मी घाइते हुनुका साथै सार्वजनिक र निजी सम्पत्तिमा तोडफोड तथा आगजनी भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै यस्ता घटनाहरू दोहोरिन नदिन सरकारलाई सुरक्षा व्यवस्था मजबुत बनाउन निर्देशन दिए ।

समितिले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ भने उपचारका लागि प्रभावकारी व्यवस्था गर्न समेत सरकारलाई आग्रह गरेको छ ।

Share News