तीनकुने घटना : निजी सम्पत्ति आगजनी, तोडफोड र लुटपाट गर्ने सबैलाई खोज्दै प्रहरी

<p>काठमाडौं । नेपाल प्रहरीले तीनकुने घटनामा विभिन्न निजी सम्पत्ति तोडफोड तथा लुटपाट गर्नेलाई पक्राउ गरेर कारवाही गर्ने भएको छ । नेपाल प्रहरीले निजी सम्पत्तिमाथि तोडफोड तथा लुटपाट गर्नेको खोजी भइरहेको बताएको छ । शुक्रबार काठमाडौंको तीनकुने, कोटेश्वर, जडिबुटी, सिनामंगल लगायत विभिन्न क्षेत्रहरुम निजी सम्पत्ति, प्रहरी कार्यालय, सञ्चार गृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्र लगायत निजी [&hellip;]</p>

काठमाडौं । नेपाल प्रहरीले तीनकुने घटनामा विभिन्न निजी सम्पत्ति तोडफोड तथा लुटपाट गर्नेलाई पक्राउ गरेर कारवाही गर्ने भएको छ । नेपाल प्रहरीले निजी सम्पत्तिमाथि तोडफोड तथा लुटपाट गर्नेको खोजी भइरहेको बताएको छ ।

शुक्रबार काठमाडौंको तीनकुने, कोटेश्वर, जडिबुटी, सिनामंगल लगायत विभिन्न क्षेत्रहरुम निजी सम्पत्ति, प्रहरी कार्यालय, सञ्चार गृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्र लगायत निजी तथा सरकारी सवारी साधनमा तोडफोड, आगजनी, लुटपाट एवम् अन्य गैरकानूनी अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरुलाई कारवाहीको प्रक्रिया अगाडि बढाएको हो ।

प्रहरीले त्यस्ता व्यक्तिहरुको सम्बन्धमा अनुसन्धानको प्रमाण संकलनका लागि यहाँहरुसँग भएका तथ्यपरक सूचना (फोटो, भिडियो, संलग्न व्यक्तिको विवरणं उपलध् गरी सहयोग गर्न पनि आग्रह गरेको छ ।

गत शुक्रबार राजवादीका समर्थकले तीनकुने आसपास क्षेत्रमा हिंसात्मक गतिविधि गरेका थिए । निजी घरमा आगजनी, तोडफोड, सवारी साधनमा आगजनी गरेका थिए । सो घटनामा दुई जनाको मृत्यु भएको थियो । दुई दर्जन बढी व्यक्ति पक्राउ भइसकेका छन् भने अन्यलाई प्रहरीले खोजी गरिरहेको छ ।

Share News