ज्ञानेन्द्र शाहलाई महानगरको जरिवाना पत्र हुलाकमार्फत पठाइयो

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवानाको पत्र हुलाकमार्फत पठाएको छ । शुक्रबारको प्रदर्शनका क्रममा भएको क्षति र प्रदूषणबापत ७ लाख ९३ हजार रुपैयाँ जरिवाना गरिएको पत्र बुझ्न शाहले अस्वीकार गरेपछि नगर प्रहरी बलले हुलाकबाट पत्र पठाएको हो । नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले भने, &#8216;जरिवानाको पत्र बुझाउन गएका टोलीलाई निर्मल निवास प्रवेश गर्न [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवानाको पत्र हुलाकमार्फत पठाएको छ ।

शुक्रबारको प्रदर्शनका क्रममा भएको क्षति र प्रदूषणबापत ७ लाख ९३ हजार रुपैयाँ जरिवाना गरिएको पत्र बुझ्न शाहले अस्वीकार गरेपछि नगर प्रहरी बलले हुलाकबाट पत्र पठाएको हो ।

नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले भने, ‘जरिवानाको पत्र बुझाउन गएका टोलीलाई निर्मल निवास प्रवेश गर्न नदिएपछि टोलीले हुलाकमार्फत पत्र पठाएको छ ।’

यसअघि, डीएसपी पूर्णचन्द्र भट्टको नेतृत्वमा गएको महानगरको टोली पत्र बुझाउन निर्मल निवास पुगेको थियो, तर पूर्वराजाको सचिवालयले पत्र ग्रहण गर्न अस्वीकार गरेको थियो ।

महानगरले शुक्रबारको घटनामा विभिन्न ९ वटा शीर्षकमा ८ वटा पत्र लेख्दै पूर्वराजा शाहलाई जरिवाना तोकेको हो ।

Share News