
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीनकुने क्षेत्रमा भएको घटनाबारे उच्च न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेको छ । शनिबार बसेको केन्द्रीय सचिवालयको बैठकले दोषीलाई छानबिन गरी कारबाही गर्न आयोग गठनको माग गर्ने निर्णय गरेको हो ।
प्रवक्ता मनीष झाले काठमाडौंको तीनकुने, कोटेश्वर र जडीबुटी क्षेत्रमा शुक्रबार घटेको घटनामा संलग्न दोषीहरूलाई कानुनी दायराभित्र ल्याई यथोचित कारबाही सुनिश्चित गर्न उच्च न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गर्ने निर्णय गरेको बताउ ।
यस्तै, पार्टीको केन्द्रीय समिति बैठक चैत १८ गते पार्टीको केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने निर्णय पनि बैठकले गरेको छ ।