
फाइल तस्बिर ।
काठमाडौं । राजावादीहरूले कोटेश्वरमा रहेको भाटभटेनी सुपरमार्केटमा तोडफोड गरेका छन् ।
प्रदर्शन बिथोलिएपछि तितरवितर भएको समूहले भाटभटेनीमा तोडफोड गरेको हो । उनीहरूले लुटपाट पनि गरेका छन् ।
तीनकुनेको प्रदर्शन र सभा बिथोलिएपछि उनीहरू तितरबितर भएका हुन् ।
यसैगरी, राजावादीहरूले नेकपा एकीकृत समाजवादी पार्टीको कार्यालयमा तोडफोड गरेका छन् ।
काठमाडौंको तीनकुनेस्थित शान्तिनगरमा रहेको उक्त पार्टीको केन्द्रीय कार्यालयमा राजावादी प्रदर्शनकारीले तोडफोड गरेका हुन् । उनीहरूले पार्टी कार्यालय अगाडि आगजनी र ढुंगा प्रहार गरेका छन् ।
यसैगरी, राजावादीहरूले कोटेश्वरमा पुगेर नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोको गाडीमा आगजनी गरेका छन् ।
यस्तै, उनीहरूले पेरिसडाँडामा रहेको नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय प्रवेश गर्ने प्रयास गरिरहेका छन् ।