नेकपा एसको कार्यालयमा तोडफोड, माओवादी केन्द्रको कार्यालयमा छिर्ने प्रयास

<p>काठमाडौं । राजावादीहरूले नेकपा एकीकृत समाजवादी पार्टीको कार्यालयमा तोडफोड गरेका छन् । काठमाडौंको तीनकुनेस्थित शान्तिनगरमा रहेको उक्त पार्टीको केन्द्रीय कार्यालयमा राजावादी प्रदर्शनकारीले तोडफोड गरेका हुन् । उनीहरूले पार्टी कार्यालय अगाडि आगजनी र ढुंगा प्रहार गरेका छन् । यसैगरी, राजावादीहरूले कोटेश्वरमा पुगेर नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोको गाडीमा आगजनी गरेका छन् । यस्तै, उनीहरूले पेरिसडाँडामा [&hellip;]</p>

काठमाडौं । राजावादीहरूले नेकपा एकीकृत समाजवादी पार्टीको कार्यालयमा तोडफोड गरेका छन् । काठमाडौंको तीनकुनेस्थित शान्तिनगरमा रहेको उक्त पार्टीको केन्द्रीय कार्यालयमा राजावादी प्रदर्शनकारीले तोडफोड गरेका हुन् । उनीहरूले पार्टी कार्यालय अगाडि आगजनी र ढुंगा प्रहार गरेका छन् ।

यसैगरी, राजावादीहरूले कोटेश्वरमा पुगेर नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोको गाडीमा आगजनी गरेका छन् ।

यस्तै, उनीहरूले पेरिसडाँडामा रहेको नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय प्रवेश गर्ने प्रयास गरिरहेका छन् । तीनकुनेको प्रदर्शन र सभा बिथोलिए पछि उनीहरू त्यसतर्फ लागेका हुन् ।

Share News