
काठमाडौं । राजावादीको प्रदर्शनमा एक जना प्रदर्शनकारीले दुई तोलाको सिक्री हराएको बन्दै बिलौना गरेका छन् ।
जुलुसतर्फ अघि बढ्दा आफूलाई पछाडिबाट थिच्दै घाँटीमा लगाइराखिएको सुनको सिक्री लुटिएको उनले बिलौना गरेका हुन् । अहिले उनी रुँदै बिलौना गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।
प्रदर्शनमा सहभागी हुने क्रममा तीन लाखभन्दा बढी मूल्यको सुनको सिक्री लुटिएपछि रूनुबाहेक आफूसँग विकल्प नभएको उनल गुनासो गरेका छन् ।
‘साढे दुई तोलाको सिक्री थियो, अब मैले कहाँबाट ल्याउने ? घर कसरी जानु ,’ उनले रुँदै बिलौना गरे ।