प्रधानमन्त्रीले कुलमानको बर्खास्तीबारे जवाफ दिने, आइतबारबाट संसद अवरोध हट्ने

<p>काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको १८ गतेको बैठकमा सम्बोधन गर्ने भएका छन् । आइतबारबाट संसद सहज रूपमा सञ्चालन हुने सहमति जुटेको छ । शुक्रबार सभामुख देवराज घिमिरेसहित प्रमुख प्रतिपक्ष, सत्ता पक्ष र अन्य दलका प्रमुख सचेतकहरूबीच छलफलपछि प्रधानमन्त्री ओलीले संसदमा जवाफ दिने सहमति भएको हो । सोमबारको मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको १८ गतेको बैठकमा सम्बोधन गर्ने भएका छन् । आइतबारबाट संसद सहज रूपमा सञ्चालन हुने सहमति जुटेको छ ।

शुक्रबार सभामुख देवराज घिमिरेसहित प्रमुख प्रतिपक्ष, सत्ता पक्ष र अन्य दलका प्रमुख सचेतकहरूबीच छलफलपछि प्रधानमन्त्री ओलीले संसदमा जवाफ दिने सहमति भएको हो ।

सोमबारको मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेपछि प्रमुख प्रतिपक्ष दलहरूले सदन अवरुद्ध गर्दै आएका थिए । उनीहरूले प्रधानमन्त्री स्वयंले स्पष्टीकरण नदिएसम्म संसद चल्न नदिने अडान लिएका थिए ।

सत्तापक्षले सम्बन्धित मन्त्री वा उपप्रधानमन्त्रीमार्फत जवाफ दिने प्रस्ताव राखे पनि प्रतिपक्षले अस्वीकार गरेको थियो । बैठकपछि नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले १८ गते प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने र आइतबारबाट संसद सहज रूपमा सञ्चालन हुने जानकारी दिए ।

राष्ट्रिय सभामा दर्ता भएका पाँच वटा प्रतिस्थापन विधेयक १७ गतेसम्म पारित गर्नुपर्ने भए पनि प्रतिपक्षको अवरोधका कारण प्रक्रिया रोकिएको बर्तौलाले बताए । अब प्रधानमन्त्रीको सम्बोधनपछि संसदले नियमित कार्यसूची अघि बढाउने अपेक्षा गरिएको छ ।

Share News