
काठमाडौं । काठमाडौंको तीनकुनेमा जारी राजावादीहरूको प्रदर्शनले उग्र रूप लिएको छ । स्थिति तनावग्रस्त भएपछि तीनकुनेमा प्रहरीले हवाई फायर गरेको छ ।
राजावादीहरूले तीनकुनेको एक घरमा आगो लगाएका छन् । उक्त घरमा आगो निभाउन गएको दमकललाई प्रदर्शनकारीले ढुंगा हानेपछि प्रहरीले हवाई फायर गरेको हो ।
प्रहरीले अश्रुग्यास प्रहार र पानी फालिरहेको छ भने राजावादी प्रदर्शनकारीले ढुङ्गामुढा प्रहार गरिरहेका छन् । राजावादीहरूले तीनकुने क्षेत्रका तीनवटा निजी घरमा तोडफोड गरेका हुन् ।
जावादीको प्रदर्शनमा तनाव भएपछि कोणसभा गर्ने भनिएको मञ्च खाली भएको छ । मञ्च खाली गरेर अहिले प्रदर्शनकारीहरू तितरवितर भएका छन् ।